post-slider post-slider

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सशस्त्र प्रहरी परिचालन

Image
A A

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालले आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि बेस स्थापना गरिएको जानकारी गराएको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३० जनाको टोली परिचालन हुनेगरी बेस स्थापना गरिएको जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको सुरक्षाबेस स्थापना गरिएको छ।

प्रवक्ता खड्काले बदलिँदो सुरक्षा चुनौतीको आकलन गरी प्रतिआतंकवाद उपशाखा स्थापना गरी कार्य सञ्चालन गरिएको जानकारी दिए।

त्यस्तै सोसल मिडिया मोनिटरिङ डेस्कको स्थापना गरी सामाजिक सञ्जालको दुरूपयोगलाई निरूत्साहित गरिएको उनले बताए।

विपदजन्य घटनामा तत्काल परिचालन हुनेगरी हरेक प्रदेसमा रहनेगरी ८ वटा विपद व्यवस्थापन बेस पनि स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

 

Tags: