post-slider post-slider

यी हुन् सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह

Image
A A

काठमाडौं - सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी-पहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।

केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढी-पहिरो र डुबानका कारण देशभरि २३२  जनाको मृत्यु भएको थियो। अझै कैयौं घाइते रहेका छन्।

नेपाल प्रहरीका अनुसार प्राकृतिक विपदमा १६५ जना घाइते रहेका छन्। अहिलेसम्म बाढी, पहिरोमा १७ हजार ३१ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। 

प्रहरीले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। बिपी राजमार्ग अहिलेसम्म बन्द रहेको छ। जसका कारण दसैं मनाउन जाने सर्वसाधारणहरू मर्कामा परेका छन्। 

विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तह: 

कोशी प्रदेश 

१. पाँचथर 
फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका
२. ओखलढुङ्गा
चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका
३. उदयपुर, बेकला नगरपालिका

बागमती प्रदेश

१. धादिङ, बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेशी नगरपालिका र गजुरी गाउँपालिका
२. दोलखा, गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिका
३. रामेछाप, मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्भा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिका
४. सिन्धुपालचोक, भोटेकोशी गाउँपालिका
५. ललितपुर, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदाबरी नगरपालिका
६. काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका
७. सिन्धुली, गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिका
८. मकवानपुर, इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिका
९. चितवन, भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका

यी स्थानीय तहमा पर्ने राजमार्ग क्षति भएकोको छ। सडक सञ्जाल विच्छेद भएको छ। नदीको तटीय क्षेत्र डुबानमा परेको छ भने पुल बगाएको छ। विद्युत र टेलिफोनको टावर तथा पशु-चौपाया र कृषि क्षेत्रमा क्षति पुगेको छ।  

Tags: