post-slider post-slider

काठमाडौंमा हल्कादेखि मध्यम वर्षा रातिसम्मै

Image
A A

काठमाडौं, फागुन २० - काठमाडौं उपत्यकामा चट्याङसहित वर्षा सुरू भएको छ।

सोमबार बिहानैदेखि मौसममा बदली आएको काठमाडौंमा दिउँसोबाट वर्षा सुरू भएको हो।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण वर्षा भइरहेको हो।

वर्षा हल्कादेखि मध्यम हुने मौसमविद् गंगा नगरकोटीले बताइन्।

‘अहिले देशभरि मौसममा बदली आएको छ, बादल लागेर हल्का वर्षा भइरहेको छ,’ उनले भनिन्।

काठमाडौंमा रातिसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन्। भोलिबाट मौसममा सुधार हुने उनले बताइन्।

आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोसी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

बाँकी भू-भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

Tags: