post-slider post-slider

बारामा गोली चल्यो

Image
A A

काठमाडौं- बाराको कलैयामा गोली चलेको छ।

कलैया नगरपालिका–६ मदर्सा टोलमा गोली चलेको हो।

गोली लागेर स्थानीय रुपेश स्वर्णकार घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

स्वर्णकारको टाउको र छातीमा गोली लागेको प्रहरीले बताएको छ।

स्वर्णकार बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल हुन्।

गोली लागेर घाइते भएका साहको जिल्ला अस्पतालमा बारामा उपचार भइरहेको छ।

‘हामी अहिले घटनास्थलमै छौं, गोली चलेको छ,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सुरेश काफ्लेले भने,‘घटनाको अनुसन्धान हुँदैछ। गोली प्रहार गर्नेको खोजी गरिरहेका छौं।’

 

Tags: