post-slider post-slider

प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथि छलफल

Image
A A

काठमाडौं- प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी रहनेछ।

प्रतिनिधिसभा सदस्यहरुले बजेटमाथि आफ्नो धारणा राखिरहेका छन्।

सत्तापक्षका सांसदहरुले बजेटको बचाउ गरिरहेका छन् भने प्रतिपक्षी दलका सांसदहरुबाट बजेटको आलोचना भइरहेको छ।

छलफल सकिएपछि संघीय संसदको दुवै सदनबाट बजेट पारित गर्ने सरकारको तयारी छ।

Tags: