post-slider post-slider

सुन प्रकरणबारे सर्वदलीय छलफलमा भएको सहमति उपप्रधानमन्त्री खड्काले सदनमा सुनाए

Image
A A

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन भएको सहमतिबारे सदनलाई जानकारी गराएका छन्। बुधबारको प्रतिनिधसभा बैठकमा उनले संघीय संसदका राष्ट्रिय मान्यताप्राप्त ७ दलका नेताहरूबीच भएको दुई बुँदे सहमति सुनाएका हुन्। 

‘साउन २ गते विदेशबाट अवैध ढंगले तस्करी गरिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लगेको अवस्थामा राजश्व अनुसन्धान विभागबाट बरामद भएको थियो। यो विषय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान र छानबिन गरिरहेको सर्वविदित्तै छ। केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्नेछ,’ उनले भने।

यस्तै उनले सहमतिको दोस्रो बुँदामा विदेशबाट इलेक्ट्रिक सिगरेट (भेप्स) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, साउन २ मा ब्रेकसूमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटक–पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न आयोग गठन निर्णय सुनाए।

आयोग असोज ५ मा गठन हुने र त्यसले तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन तयार पारिने उनले बताए।

Tags: