post-slider post-slider

बालेनसँग जोरी खोज्दाको परिणाम : एकै दिनमा प्रधानमन्त्री ओलीका ६४ हजार फलोअर्स घटे

Image
A A

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'अनफलो' गर्ने अभियान चलाएका छन्। 

मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो। कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरेको सचिवालयले दाबी गरेको थियो।

त्यसपछि मंगलबार नै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई कराबाही गर्नुपर्‍यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए। त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न सुरू गरेका हुन्।

मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान ६ लाख २ हजार मात्र रहेका छन्। 

बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए।

सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए। सो पोष्ट हटेपछि सुरू भएको विवादले अब एक-अर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेको हो।

Tags: