post-slider post-slider

आइसिसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ

Image
A A

काठमाडौं- आइसिसीको टी-२० वरियतामा दिपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन्।

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र अलराउण्डरमा ११औं स्थानमा उक्लिएका हुन्। यसअघि २५औं स्थानमा रहेका दिपेन्द्र १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११औं स्थानमा उक्लिएका हुन्।

दिपेन्द्र हाल जारी एसिसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरका सबै बलमा छक्का हानेर अन्तर्राष्ट्रिय रुपमै चर्चामा रहेका छन्।

उनी टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इण्डिजका केरन पोलार्डपछि तेस्रो खेलाडी बनेका छन्।

त्यस्तै, दिपेन्द्र टी-२० ब्याट्सम्यानको वरियतामा भने १६ स्थान सुधार गर्दै ६१औं स्थानमा रहेका छन्।

त्यस्तै, टी-२० ब्याट्सम्यानको वरियतामा नेपालका ओपनर आसिफ सेख ३६ स्थानको सुधार गर्दै ७५औं स्थानमा आएका छन्।             

Tags: