post-slider post-slider

विश्वकप छनौट : रोड्रिगोको गोलमा ब्राजिल विजयी

Image
A A

काठमाडौं- दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले इक्वेडरलाई पराजित गरेको छ।

शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो। ब्राजिलको जितमा खेलको एक मात्र गोल ३०औं मिनेटमा रोड्रिगोले गरेका थिए।

यो दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको तेस्रो जित हो। ७ खेलमा ३ जित एक बराबरी र ३ हार बेहोरेको ब्राजिलको १० अंक रहेको छ।

ब्राजिल अंक तालिकामा चौथो स्थानमा रहेको छ। त्यस्तै, इक्वेडरको भने ७ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ।
  

Tags: