post-slider post-slider

स्कुल बसले किचेर विद्यार्थीको मृत्यु

Image
A A

काठमाडौं- सर्लाहीको जुटपानीमा स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ।

नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–८ जुटपानीमा मंगलबार अपराह्न स्कुल बसले किचेर विद्यार्थीको मृत्यु भएको हो।

लालबन्दी–१ नवलपुरस्थित जेआइसी बोर्डिङ स्कुलको बसले किचेर सोही विद्यालयको एलकेजीमा अध्ययनरत हरिपुर नगरपालिका–८ घर भइ लालबन्दी–२ बस्ने वीरेन्द्र पासवानका ६ वर्षीय छोरा आदित्य पासवानको मृत्यु भएको हो।

जुटपानीमा दुर्घटनामा गम्भीर घाइते भएका बालक आदित्यलाई उपचारका लागि स्वाभिमान अस्पताल बर्दिवास लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।

घाइते बालकलाई दुर्घटनालगत्तै विद्यालयकै बसमा राखेर बर्दिवास लगिएको थियो।

प्रत्यक्षदर्शीका अनुसार बालकालाई ओरालेर अगाडि बढ्नेक्रममा बसले बालकलाई किचेको हो।

र्दुघटनामा संलग्न स्कुल बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

Tags: