post-slider post-slider

प्रधानमन्त्रीले गरे १९औं एसियाली खेलकुदमा सहभागी हुने खेलाडीको बिदाइ

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले १९औं एसियाडमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक समारोहबीच प्रधानमन्त्री दाहालले खेलाडीलाई बिदाइ गरेका हुन्।

आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ शहरमा हुने १९औं एसियाडमा कुल २९ खेलमा नेपालका दुई सय ५३ खेलाडीले चुनौती प्रस्तुत गर्दैछन्।

एसियाडमा सहभागी हुने ८ खेलका खेलाडी वैदेशिक प्रशिक्षण र दुई खेलका खेलाडी उपत्यकाबाहिर प्रशिक्षणमा रहेकाले १९ खेलका खेलाडीको मात्र बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइ गरेका हुन्।

Tags: