post-slider post-slider

भोलि बस्ने दलको बैठकले संसदको गतिरोध अन्त्य बारे टुंगो लगाउँछौं : रास्वपा सभापति

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  भोलि बस्ने संसदीय दलको बैठकले संसदको गतिरोध अन्त्य गर्नेबारे टुंगो लगाउने बताएका छन्। आइतबार प्रधानन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बोलाएको बैठकपछि रास्वपा सभापति लामिछानेले भोलि बस्ने दलको बैठकले संसदको गतिरोध अन्त्य गर्नेबारे टु्ंगो लगाउने बताएका हुन्।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी शीर्ष नेताहरूलगायत पार्टीका प्रमुख सचेतकहरू सहभागी थिए।

बैठकमा संसद जसरी पनि खुलाउनुपर्छ भन्ने नेताहरूको बटमलाइन रहेको उनले बताए।

बैठकमा सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेकाले अर्को पक्षलाई जिम्मा दिँदा छानबिन प्रभावित हुने सरकार पक्षको भनाइ रहेको लामिछानेले जानकारी दिए।

'सरकारको तर्फबाट अनुसन्धानले एउटा गति लिएको छ। अर्को समिति गठन गर्दा त्यसलाई प्रभाव पार्छ कि भन्ने कुरो छ। अब १५ दिन बाँकी रहेकाले कुर्नेकी भन्ने कुरा आएको छ,'उनले भने।

उनले एमाले भने सुन प्रकरणमा आफ्नो अडानबाट पछि नहटेको बताए। सुन प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा पटक पटक बस्दै आएका बैठक निष्कर्षविहीन बनेका छन्। आजको बैठकमा सहमति नजुट्दा सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरेका छन्।

साउन २ गते त्रिभुवन विमानस्थलबाट  भन्सार चेकजाँच भइ बाहिरिएको ६० किलो सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ। 

Tags: