post-slider post-slider

एनसेल सेयर खरिदबिक्री प्रकरण : बालुवाटारमा छलफल

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल सेयर खरिदबिक्रीका सम्बन्धमा विभागीय मन्त्रीसँग छलफल गरेका छन्।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डले सत्ता गठबन्धनका शीर्ष नेता र विभागीय मन्त्रीसँग छलफल गरेका हुन्।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँगै सरकारमा दलका शीर्ष नेताहरू सहभागी थिए।

दुई महिनाअघि बेलायतमा स्थापना गरिएको स्पेक्ट्रलाइट युकेले एजियटाको हिस्सामा रहेको एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको छ।

नेपाली मूलका सिंगापुरका नागरिक सतिशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युकेले एनसेलमा रहेको एजियटाको ८० प्रतिशत सेयर खरिद गरेको हो।

बेलायतको लन्डनस्थित वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको यो कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण सुरू भएको हो।

नेपालमा व्यवसायका लागि प्रतिकूल वातावरण र झन्झटिलो कर प्रणालीलाई देखाउँदै एनसेलबाट बाहिरिएको एजियटाले बताएको छ।

एजियटाले आफ्नो हिस्साको स्वामित्व ६ अर्बमा बिक्री गर्दै स्पेक्ट्रलाइट युकेसँग अरू सम्झौताहरू पनि गरेको छ।

सात वर्षअघि एजियटाले १ खर्ब ४३ अर्ब रूपैयाँमा एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको थियो। 

एजियटाले एनसेलबाट बाहिरिन स्पेक्ट्रलाइट युकेलाई ५ करोड अमेरिकी डलर ९६ अर्ब ६६ करोड रूपैयाँ० बिक्री गरेको देखिए पनि यसभित्र अरू पनि समझदारीहरू भएका छन्।

एजियटा र स्पेक्ट्रलाइट युकेबीच एनसेलको सेयर किनबेच गर्न सेयर पर्चेज एग्रिमेन्ट ९एसपिए० भएको छ।

यो एसपिएअनुसार स्पेक्ट्रलाइट युकेले एजियटालाई दुईवटा समयतालिकामा भुक्तानी गर्नुपर्नेछ।

स्पेक्ट्रलाइटले ६ महिनाभित्र एजियटालाई ५० लाख अमेरिकी डलर र ४८ महिनाभित्र ४ करोड ५० डलर भूक्तानी गर्ने सहमति छ।

यसबाहेक एजियटाले एनसेलबाट सन् २०२९ सम्म लाभांश लिने गरी स्पेक्ट्रलाइटले सम्झौता गरेको छ।

सम्झौताअनुसार सन् २०२३ मा एजियटाले आफ्नो हिस्सा ८० प्रतिशतको सतप्रतिशत लाभांश लिनेछ।

२०२४ र २०२५ मा ४० प्रतिशत, २०२६ र २०२७ मा ३० प्रतिशत र २०२८ र २०२९ मा २० प्रतिशत लाभांश लिने सम्झौता छ।

एनसेलले नाफा गरेपछि लाभांश बाँडफाँट हुने दुवै पक्षबीच समझदारी भएको छ। त्यो लाभांश स्पेक्ट्रलाइट युकेको खातामा पुगेपछि त्यहाँबाट एजियटालाई भुक्तानी गर्ने समझदारी छ।

त्यसबाहेक यदि स्पेक्ट्रलाइट युकेले यो समयभित्र आफ्नो सेयर अरू कसैलाई बिक्री गरे पनि त्यसको हिस्सासमेत एजियटाले पाउने सहमतिमा उल्लेख छ।

सेयर बिक्री गर्दा स्पेक्ट्रलाइट युकेसँग भएको समझदारीअनुसार एजियटा ऋणको दायित्वबाट मुक्त भएको छ। 

यतिबेला कम्पनीले तिर्नुपर्ने ऋण ३० अर्ब बढी रहेको छ।

अब यो दायित्वको थैली एजियटाको ८० प्रतिशत सेयर खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट युकेमाथि पुगेको छ। एजियटासँग भएको सम्झौताअनुसार एजियटाको भागमा परेको ऋण अब स्पेक्ट्रलाइटले तिर्नुपर्ने हुन्छ।

 

 

Tags: