post-slider post-slider

कैलाश सिरोहिया छुटे हाजिरी जमानीमा

Image
A A

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा छुटेका छन्। 

अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार बेलुका सिरोहियालाई छोडेको हो।

सरकारी वकिल कार्यालय धनुषाले सिरोहियालाई छोड्न भनेको थियो। सिरोहिया मंगलबार अस्पताल भर्ना भएसँगै ललितपुर प्रहरीको निगरानीमा थिए।

यससँगै अब सिरोहिया छोरा सम्भवको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेकोले बेलामा उपस्थित हुनुपर्ने सर्त छ। 

सिरोहियालाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोडिएको प्रहरी स्रोतले बतायो।

नागरिकता कसुरमा सिरोहिया पक्राउ परेका थिए। मुटुमा समस्या देखिएपछि सिरोहियालाई मंगलबार हेलिकप्टरबाट काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको थियो। 

गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको खबर शृंखलाबद्ध छापेपछि त्यसको बदलास्वरुप लामिछानेले राज्यको दुरुपयोग गरी सिरोहियालाई पक्राउ गराएका थिए।

Tags: