post-slider post-slider

कोशीमा गयानन्द मण्डल मन्त्री नियुक्त, आजै शपथ

Image
A A

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नेपाली कांग्रेसबाट एक मन्त्री  थप गरेका छन्। 

मुख्यमन्त्रीका स्वकीय सचिव मिलन चापागाईंले दिएको जानकारी अनुसार कांग्रेसबाट गयानन्द मण्डल मन्त्री हुन लागेका हुन्। उनको शपथग्रहण आजै बिहान ९ बजेलाई राखिएको छ। 

मण्डललाई फूल मन्त्री बनाउने कि राज्यमन्त्री बनाउने भन्ने विषयमा भने आफूलाई जानकारी नभएको चापागाईंले  बताए।

यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन्। जसमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार सिँचाइ  खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एकस्कृत समाजवादीबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन्।

Tags: