post-slider post-slider

हङकङसँग नेपालको लज्जास्पद हार, १७ ओभरमै अलआउट

Image
A A

हङकङविरुद्धको खेलमा नेपालले लज्जालस्पद हार बेहोरेको छ। नेपाल हङकङसँग ७३ रनले पराजित भएको हो। 

घरेलु मैदानमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रनको बलियो योगफल बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १६. ६ ओभरमा सबै विकेट गुमाएर मात्र १३९ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। शुरुवाती अवस्थामा बलियो अवस्थामा रहेको नेपालले १० ओभरपछि लगातार विकेट गुमाएको थियो। 

हङकङका लागि बाबर हायातले शतकीय पारी खेलेका थिए। 

Tags: