post-slider post-slider

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा प्रस्थान गरेका छन्।

असंलग्न आन्दोलन (नाम) को १९ औं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्ड युगान्डा गएका हुन्।

उनी बिहीबार बिहान कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

सम्मेलन माघ ५ गतेदेखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालमा हुँदैछ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु सहभागी छन्।

शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

शुक्रबार नै उनको युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरुको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुने कार्यक्रम छ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्

यसअघि मन्त्रिस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद माघ १ गते नै त्यसतर्फ प्रस्थान गरेका छन्।

शिखर सम्मेलनले मन्त्रिस्तरीय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८ औं शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुंगो लगाउने बताइएको छ।

 

Tags: