post-slider post-slider

सहकारी ठगीमा बयान दिँदै रवि लामिछाने

Image
A A

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शुक्रबार बयान लिँदैछ।

समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी सञ्चालक, ठगीको आरोप लागेका दर्जनौं व्यक्तिहरूको बयान लिइसकेको छ।

त्यस्तै, समितिले सरकारका बिभिन्न निकायका अधिकारीहरूसँग पनि छलफल गरेको छ। 

समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति सूर्य थापाले बताएका छन्।

ग्यालेक्सी फोरके टेलिभिजन स्थापना गर्दा रवि जिबी राईका पार्टनर थिए। जिबीले आधा दर्जनबढी सहकारी ठगी गरेको आरोप छ। उनी विदेश भागेका छन्। 

टेलिभिजन सञ्चालनका क्रममा रविले जिबीका सहकारीबाट रकम निकालेर दुरुपयोग गरेको आरोप छ। 

Tags: