post-slider post-slider

भारतमा राज्यसभाका ३६ प्रतिशत उम्मेदवार आपराधिक पृष्ठभूमिका

Image
A A

नयाँदिल्ली, फागुन १३ - भारतको राज्यसभा निर्वाचनका ३६ प्रतिशत उम्मेदवारविरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ।

निर्वाचन अधिकारका लागि काम गर्ने संस्था ‘एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स’का अनुसार ती उम्मेदवारहरूसँगको औसत सम्पत्ति १२७.८१ करोड भारतीय रुपैयाँ रहेको छ।

एडिआर र ‘नेसनल इलेक्शन वाच’ले १५ राज्यमा ५६ सिटका लागि चुनाव लडिरहेका ५९ उम्मेदवारमध्ये ५८ जनाको चुनावी प्रतिबद्धता पत्रको विश्लेषण गरेको थियो। राज्यसभाको चुनाव २७ फेब्रुअरीमा हुने छ।

यसरी पेश भएका केही कागजातहरू स्क्यान नभएको कारण कर्नाटकबाट कांग्रेसका उम्मेदवार जिसी चन्द्रशेखरको सपथ पत्रको भने विश्लेषण हुन सकेको छैन।

विश्लेषणमा ३६ प्रतिशत उम्मेदवारविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको पाइएको छ। थप रूपमा यी उम्मेदवारहरूमध्ये १७ प्रतिशतले गम्भीर आपराधिक आरोप र एक जना उम्मेदवारले हत्या प्रयास सम्बन्धी मुद्दाको सामना गरिरहेका छन्।

विश्लेषणका अनुसार भाजपाका ३० उम्मेदवारहरूमध्ये आठ, कांग्रेसका नौ उम्मेमध्ये ६, तृणमूल कांग्रेसका चारमध्ये १, समाजवादीका तीनमध्ये २, वाइएसआरसिपीका तीन उम्मेदवारमध्ये १, आरजेडीका दुईमध्ये एक उम्मेदवार, बिजेडीका दुई उम्मेदवार र बिआरएसका एक उम्मेद्वारले सपथ पत्रमा आफूविरुद्ध आपराधिक मुद्दाहरू रहेको घोषणा गरेका छन्।

 

Tags: