post-slider post-slider

शिक्षक र प्रहरीबीच धकेलाधकेल

Image
A A

काठमाडौं - आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ।

नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका शिक्षकहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र शिक्षकहरूबीच धकेलाधकेल भएको हो।

देशभरबाट आएका शिक्षकहरू माइतीघरमा जम्मा भएर जुलुस लगाउँदै नयाँ बानेश्वर पुगेका छन्। उनीहरू अहिले नयाँ बानेश्वर चोकमा प्रदर्शन गरिरहेका छन्।

शिक्षकहरूको प्रदर्शनकै क्रममा प्रहरीमाथि ढुंगासमेत हानिएको छ।

आन्दोलनरत शिक्षकहरूले आन्दोलनमा घुसपैठ भएको बताएका छन्। आन्दोलन भड्काउने बाहिरी व्यक्तिहरूले प्रहरीलाई ढुंगा हानेको शिक्षकहरूले दाबी गरेका छन्।

ढुंगा हान्ने व्यक्तिलाई समातेर शिक्षकहरूले नै समातेर प्रहरीलाई बुझाएका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन्।

सरकारले ल्याएको शिक्षा विधेयकप्रति १८ बुँदे असहमति राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

महासंघको अगुवाइमा बुधबारदेखि सुरू भएको काठमाडौं केन्द्रित आन्दोलनमा ७७ जिल्लाबाट सामुदायिक विद्यालयका शिक्षकहरू सहभागी भएका छन्।

 

Tags: