post-slider post-slider

झम्सिखेलमा गोली चल्यो

Image
A A

काठमाडौं- प्रहरीले गोली प्रहार गरेर ललितपुरको झम्झिखेलबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

मंगलबार काठमार्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उदयरपुरका अविनाश राईलाई लागुऔषध ‘आइस ड्रग’ सहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिने क्रममा राईले आक्रमण गर्न खोजेपछि प्रहरीले एक राउन्ड गोली चलाएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए।

राईको साथबाट आधा किलो ‘आइस ड्रग’ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका राईमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

Tags: