post-slider post-slider

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

Image
A A

काठमाडौं- अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ। सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो।

निर्धारित ९० मिनेटको समयमा दुबै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। खेलको ११२औं मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल खेलको निर्णयाक बनेको थियो।

यो गोल गर्न अर्जेन्टिनाले निकै संघर्ष गर्नुपरेको थियो। अतिरिक्त समयमा परिवर्तित खेलाडी मार्टिनेजले अर्जेन्टिनालाई उपाधि जिताएका हुन्।

यस खेलमा घाइते भएपछि कप्तान लियोनेल मेसी खेलको ६७औं मिनेटमा रुँदै नै मैदानबाट बाहिरिएका थिए।

अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ भने अहिलेसम्म कुल सबैभन्दा बढी १६ पटक कोपा अमेरिकाको उपाधि जितेको छ। अर्जेन्टिनापछि १५ पटक उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेको छ।

Tags: