post-slider post-slider

एम्बाप्पे र रियल म्याड्रिडबीच सम्झौता

Image
A A

काठमाडौं- फ्रेन्च फुटबलर किलियन एम्बाप्पे अन्तत: रियल म्याड्रिड जाने निश्चित भएको छ। एम्बाप्पेले रियल म्याड्रिडसँग फ्रि-ट्रान्सफरको सम्झौता गरेका हुन्।

२५ वर्षीय एम्बाप्पेको पिएसजीमा जुन ३० मा सम्झौता सकिँदै छ। त्यसपछि उनी रियल म्याड्रिड जाने सम्झौता गरेको फुटबल पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन्।

रियल म्याड्रिडले एम्बाप्पेलाई भित्र्याएको घोषणा केही दिनमा गर्ने उनले जानकारी दिएका छन्। रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिग जितेसँगै एम्बाप्पेसँग सम्झौता गरेको उनले बताएका छन्।

मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरे पनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ। रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात वर्षदेखि भित्र्याउने प्रयासमा रहेको थियो।

उनले यसअघि नै पिएसजीका फ्यानहरूलाई एक पोष्ट लेख्दै आफूले क्लब छोड्ने जानकारी दिएका थिए।

२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोनमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए। अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन्।

पिएसजीमा रहदा उनँले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन्। त्यस्तै, २०१९-२० सिजनमा पिएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो।

Tags: