post-slider post-slider

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरू

Image
A A

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरूद्ध उजुरी दिन आह्वान गरेसँगै सुनुवाइ प्रक्रिया सुरू भएको हो।

१८ साउनमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

सुनुवाइ प्रक्रियाका लागि १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले बताएका छन्।

प्रधानन्यायाधीशका लागि सिफारिस भएका श्रेष्ठ प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्ट आधार खोली समितिसमक्ष सूचना वा उजुरी दिन सरकारी सञ्चार माध्यममार्फत सूचना प्रकाशित गर्न समितिले निर्णय गरेको उनले बताए।

हरिकृष्ण कार्की उमेर हदका कारण २० साउनमा प्रधानन्यायाधीशबाट अनिवार्य अवकाश पाएपछि श्रेष्ठको नाम प्रस्तावित भएको हो।

संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

 

Tags: