post-slider post-slider

संघीयताले पूर्णता नपाउँदा व्यवस्थामाथि प्रश्न उठिरहेको छ : भण्डारी

Image
A A

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संविधान  कार्यान्वयनको जिम्मेवारी राजनीतिक दलहरूमाथि आइपुगेको बताएका छन्।

नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले संघीयताले पूर्णता पाउन नसक्दा संघीय व्यवस्थामाथि प्रश्न उठिरहेको जिकिर गरे।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सफल कार्यान्वयनका लागि राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गर्नुपर्ने उल्लेख गरे।

मन्त्री भण्डारीले आन्तरिक रोजगारी प्रवद्र्धन गरेर युवालाई विदेश पलायन हुनबाट रोक्न सबै मिलेर लाग्नुपर्ने बताए।

 

Tags: