post-slider post-slider

प्रचण्डले बोलाए सर्वदलीय बैठक

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वदलीय बैठक बोलाएका छन्।

मंगलबार दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्न उनले बैठक बोलाएका हुन्।

सर्वदलीय बैठक भूकम्पपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले यो विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

Tags: