post-slider post-slider

तेह्रथुममा टिपर दुर्घटना हुँदा दुईको मृत्यु

Image
A A

काठमाडौं- तेह्रथुममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा दुर्घटना भएको हो।

दुर्घटनामा परी झापा मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपरमा सवार तीन जना घाइते भएका छन्।

संखुवासभाको मादी नगरपालिका–४ का ४० वर्षीय दिनेश तामाङ, झापाका २१ वर्षीय समीर चौधरी र विष्णु थामी घाइते भएको प्रहरीले बताएको छ।

घाइतेहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ।

म्याङ्लुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुन बजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना भएको हो।

 

Tags: