post-slider post-slider

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

Image
A A

धनगढी - सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन्। नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबी बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

केन्द्रमा कांग्रेस-एमालेको समीकरण बनेसँगै प्रदेशहरूमा पनि त्यसको प्रभाव देखिएको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति बमोजिम शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।

सुदूरपश्चिम प्रदेश सभा कूल ५२ सदस्यीय रहेको छ। नवनियुक्त मुख्यमन्त्री शाहले कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसदको समर्थनमा सरकारको दाबी पेश गरेका थिए।

Tags: