२२ वटा निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं- २२ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्।
प्रधानमन्त्री कार्यालयले २२ वटा निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो।
निर्माण सम्झौता गरी समयमा काम गर्ने र पेस्की लिएर बेपत्ता हुने ठेकादारको नामसहित कम्पनीको नाम सार्वजनिक गरी एक वर्षदेखि तीन वर्षका लागि कालोसूचीमा राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।