post-slider post-slider

अफगानिस्तानमा तालिबानद्वारा महिलाहरूमाथि थप प्रतिबन्ध

Image
A A

काठमाडौं- अफगानिस्तानमा तालिबान सरकारले महिलामाथि थप नयाँ प्रतिबन्ध लगाएको छ। तालिबानले देशको बामियान प्रान्तको बन्द–ए–अमिर राष्ट्रिय पार्कमा महिलाहरूलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो।

अफगानिस्तानका कार्यवाहक मन्त्री मोहम्मद खालिद हनाफीले पार्कभित्र महिलाहरूले हिजाब नलगाएका कारण नयाँ आदेश दिनुपरेको बताए। 

उनले धर्मगुरु र सुरक्षा निकायबाट यस विषयमा समाधान नआएसम्म महिलालाई पार्क प्रवेशमा रोक लगाइएको बताए।

ब्यान्ड–ए–अमिर अफगानिस्तानको पहिलो नेशनल पार्क हो र यो मुख्य पर्यटकीय आकर्षण मध्येको एक हो।

Tags: