post-slider post-slider

बारा बस दुर्घटना : मृतक सबैको सनाखत

Image
A A

काठमाडौं- बाराको चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटनामा मृतक सबैको सनाखत भएको छ।

काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेस ०३–००१ ख ७९९४ नम्बरको बस सडकबाट खसेर दुर्घटना भएको थियो।

मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए।

रिजालका अनुसार मृत्यु हुनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, सोही स्थानकी ६५ वर्षीया मिरा देवी, बैजन्ती देवी, श्रीकान्त चतुरवेदी, सत्यवती र राजेन्द्र चतुरवेदी रहेका छन्।

यस्तै नेपाली महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाका ४१ वर्षीय विजयलाल पण्डितको पनि मृत्यु भएको छ।

दुर्घटनामा परी घाइते भएका १७ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते एक जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ। यस्तै एक जनाको हेटौंडास्थि चुरेहिल, एक जनाको सन्चो र बाँकी १४ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको बस आफैं अनियन्त्रित भइ बिहान सवा दुई बजेतर्फ चुरियामाईभन्दा अन्दाजी सय मिटर दक्षिण बाटोबाट करिब १५ मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बसमा २७ २७ जना यात्रु सवार थिए। दुर्घटनापछि फरार भएका बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

Tags: