post-slider post-slider

‘शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले ५ पटक प्रधानमन्त्री हुनुभएको हो’

Image
A A

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भाग्यले नभइ योग्यताले पाँचपटक प्रधानमन्त्री बन्नुभएको बताएका छन्।

नेपाली कांग्रेस गाउँ कार्यसमिति चौरपाटी आछामले आइतबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन्। उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन। तपाईं कसैलाई पाउनु हुन्छ पाँचपटक लट्री परेको मान्छ? कहिँ पाँचपटक एकै मान्छेलाई लट्रीपर्छ?,’ साउदले भने,‘शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो। नेतामा योग्यता, पार्टीमा विचार र चिन्तनले यो कुरा भएको हो।’

कांग्रेस महामन्त्री गगन थापाले शनिबार काठमाडौंको एक कार्यक्रम एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री बन्ने प्रवृत्तिले पार्टी चल्न नसक्ने बताएका थिए।

थापाले यस्तो बताएको भोलिपल्ट कांग्रेस केन्द्री सदस्यसमेत रहेका परराष्ट्रमन्त्री साउदले देउवा भाग्यले नभइ योग्यताले पाँचपटक प्रधानमन्त्री बनेको बताएका हुन्। 

साउदले सबै पार्टीलाई मिलाएर लैजाने क्षमता कांग्रेसससँग रहेको बताए।

अन्तर्राष्ट्रि शक्तिलाई आश्वस्त र विश्वस्त पार्न सकिने बताउँदै उनले लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउनसक्ने भरपर्दो पार्टी कांग्रेसमात्रै भएको दाबी गरे।

उनले नयाँ आएका पार्टीहरूको सोसल मिडियाबाहेक अरू कतै संगठन भएको टिप्पणी गरे।

‘नयाँनयाँ पार्टीहरू आइरहेका छन्। सोसल मिडियाबाहेक उनीहरूको कतै संगठन छैन,’ साउदले भने,‘उनीहरू अर्का पार्टीका कार्यकर्तालाई हामीलाई भोट दिनु भन्छन्। पार्टी पद्धतिमा विश्वास गर्दैनन्। पार्टी पद्धृतिमा विश्वास नगर्नेले देश सञ्चालन गर्न सक्दैनन्। त्यही भएर लगातार विवादमा परिरहेका छन्।’

मन्त्री साउदले वापन्थीको चिन्तन उत्पादन नबढाएर वितरण बढाउनेतिर मात्रै केन्द्रित हुने गरेको जिकिर गरे।

बाँड्दै जाँदा सबैलाई पुग्नेगरी बाँड्नुपर्ने भए पनि वामपन्थीहरू सबैलाई पुग्नेगरी बाँड्न नजानेको उनले बताए।

‘कतै धेरै त कतै अनिकाल गरी वितरण गर्छन्। आर्थिक अनिकाल आउने परिस्थिति निर्माण एमाले नेतृत्वको सरकारले गरेको छ,’ उनले भने,‘वामपन्थीहरूको चिन्तन उत्पादन नबढाउने, वितरणमात्र बढाउने हुन्छ।’

 

Tags: