post-slider post-slider

रास्वपाले घण्टी बजाएपछि सरकारले भ्रष्टाचारका फाइल खोल्यो : रवि लामिछाने

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले रास्वपाको दवाबमा भ्रष्टाचारका पुराना फाइल खोलेको बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित सुदूरपश्चिम-काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै उनले आफूले भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्दा सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न बाध्य भएको बताएका हुन्।

‘हाम्रो पार्टी घण्टी बजाउँदै अगाडि आउँदा भ्रष्टाचारिका फाइल खोल्न सरकार बाध्य भएको हो। सम्भवतः त्यो आगमनले काहीँ न काहीँ सरकारलाई पुराना भ्रष्टाचारका फाइलहरु खोल्नमा प्रेरणा दिएको हुनुपर्छ', उनले भने। अहिले फाइल नखोलिए २०८४ सम्म त के हो के हो भन्ने सरकारलाई लागेको उनले बताए।

Tags: