post-slider post-slider

राष्ट्रिय झन्डा च्यात्न खोज्ने ११ जना पक्राउ

Image
A A

काठमाडौं- प्रहरीले राष्ट्रिय झन्डा च्यात्न खोज्ने ११ जनालाई पर्साबाट पक्राउ गरेको छ।

पर्सागढी–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झन्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गत बिहीबार राति मादक पदार्थ सेवन गरी सिङ्गे पुलमा राखिएको राष्ट्रिय झन्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–१ मनवा टोलका अंकित पटेल, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल, विराज ठाकुर, दीपु ओझैया, सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका–२ सखुवनिय टोलका गौतम महतो, नन्दन दास थारू र लक्की चौधरी रहेका छन्।

पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

Tags: