post-slider post-slider

नेयमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने!

Image
A A

काठमाडौं- साउदी लिग च्याम्पियन अल हिलालबाट खेलिरहेका ब्राजिलका नेयमारले अर्को सिजनको शुरुवात पनि गर्न नसक्ने भएका छन्। 

नेयमार एसीएल इन्जुरीका कारण २०२३ अक्टोबरदेखि मैदानबाहिर रहेका छन्। उनी २०२३ को अगस्तमा पिएसजीबाट साउदी क्लब अल हिलाल गएका थिए।

अब नेयमार अर्को सिजनको सुरुवातमा पनि अल हिलालबाट खेल सुरु गर्न नसक्ने प्रशिक्षक जर्ज जिससले जानकारी दिएका छन्। जिससले नेयमार सेप्टेम्बर-अक्टोबर भन्दाअगाडि मैदानमा आउन नसक्ने उनले बताए। 

इन्जुरीका कारणले नेयमारले आगामी कोपा अमेरिका समेत गुमाएका छन्।  कोपा अमेरिकाको लागि छानिएको ब्राजिलको टिममा नेयमारलाई बाहिर राखिएको छ। 

नेइमारले अल हिलालका लागि केवल ५ खेल खेलेका छन् भने एक गोल गरेका छन्।

Tags: