post-slider post-slider

सञ्चारसचिव राउतको बन्दी प्रत्यक्षीकरण मुद्दा न्यायाधीश श्रेष्ठको इजलासमा

Image
A A

काठमाडौं- सञ्चार तथा सूचना मन्त्रालयका सचिव कृष्णबहादुर राउतका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण सम्बन्धिको मुद्दा सुनुवाईका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी परेको छ। बालुवाटस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका राउतको मुद्दा श्रेष्ठको इजलासमा परेको हो।

सीआईबीले किर्तेसहित संगठित अपराधको आरोपमा सचिव कार्कीलाई गत आइतबार पक्राउ गरेको थियो। सचिव राउतको हकमा उषा कार्कीले गृह मन्त्रालयसहितलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी हुन्। 

रिट निवेदक कार्कीले राउतलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी छन्।

Tags: