post-slider post-slider

एनसेलले जित्यो ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

Image
A A

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ जित्न सफल भएको छ।

काठमाडौंमा आयोजित सातौं सेल्स समिट २०२३ मा एनसेलले यो प्रतिष्ठित अवार्ड जित्न सफल भएको छ।

एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभयकुमार निधिले ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ का निर्णायकमण्डलका सदस्य आशिष तिवारीबाट यो पुरस्कार ग्रहण गरेका थिए।

एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरीअन्तर्गत यो अवार्डबाट सम्मानित भएको हो।

यो पुरस्कारले सेल्स तथा मार्केटिङ कार्यसम्पादनमा निरन्तरतको उत्कृष्टता झल्किएका एनसेलले जनाएको छ।

यो पुरस्कार कम्पनीले उत्कृष्ट बिक्री नतिजा प्राप्तिका लागि गरेको प्रयासहरू, बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षाअनुसार निरन्तर गरेका कार्यहरूको सम्मान रहेको उसको भनाइ छ।

‘यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौं। यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो। नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धता हाम्रो सफलताको प्रमुख कडी हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिँदै ग्राहकहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न जारी राख्नेछौं।’

विभिन्न विधाअन्तर्गतका अवार्ड विजेताहरू निश्चित मापदण्डभित्र रही निर्धारण गरिएका थिए। एक सम्मानित अनुसन्धान फर्मसँगको सहकार्यमा स्वतन्त्र निर्णायक मण्डलले सेल्स र मार्केटिङ कार्यमा उत्कृष्टता र नवीनता देखाउने संस्थाहरूको पहिचान गर्न उनीहरुको विवरणहरुलाई ध्यानपूर्वक मूल्याङ्कन र विश्लेषण गरेको थियो। 

अवार्ड समारोह ग्रोथ सेलर्स प्रा.लि.को स्वायत्त सहायक संस्था ग्रोथ लिडरसिप एकेडेमीले आयोजना गरेको सेल्स समिट २०२३ को एक प्रमुख कार्यक्रम थियो।

सेल्स समिट ग्रोथ लिडरशिप एकेडेमीले वार्षिक रुपमा आयोजना गर्ने एक प्रमुख कार्यक्रम हो।

यो नेटवर्किङ, नलेज एक्सचेन्ज, र बिक्रीमा उत्कृष्ट अभ्यासहरूको सम्मान गर्ने एक अनुपम प्लेटफर्म हो।

 

 

Tags: