post-slider post-slider

आयात हुने सम्पूर्ण सामानमा आजदेखि लेबल लगाउनुपर्ने

Image
A A

काठमाडौं- भन्सार विभागले आजदेखि आयात हुने सम्पूर्ण वस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउन निर्देशन दिएको छ।

आर्थिक ऐन २०८० को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा (४) मा भएको व्यवस्था अनुरुप विभागले उक्त निर्देशन दिएको हो।

आर्थिक ऐनअनुसार आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाउनुपर्नेछ।

त्यसैका लागि विभागले कसरी लेबल लगाउने र के–के विवरण उल्लेख गर्ने भन्ने विषयमा सरोकारवालाहरूलाई जानकारी गराइसकेको छ। आजदेखि लेबल नलगाएरै वस्तु बजारमा बिक्री वितरण भएमा कारबाही हुने विभागले चेतावनी दिएको छ।

 

Tags: