post-slider post-slider

उद्धार र राहतमा जुट्न राष्ट्रपति पौडेलको अपिल

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारसहित सम्बन्धित निकायलाई अपिल गरेका छन्।

भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य तीब्र बनाउन पौडेलले अपिल गरेको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।

राष्ट्रपति पौडेले जाजरकोटमा गएराति गएको भूकम्पबाट भएको मानवीय क्षति र भौतिक क्षतिले आफू मर्माहत भएको पनि बताएका छन्।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर राति ११ बजे ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पका कारण जाजरकोट र छिमेकी जिल्ला रुकुम पश्चिममा मानवीय र भौतिक क्षति पुगेको छ।

Tags: