post-slider post-slider

तीन प्रदेसमा भारी वर्षाको सम्भावना

Image
A A

काठमाडौं- मनसुनी वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका केही स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।

विभागले जनाएअनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेसका केही स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेसको तराई क्षेत्रका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली भइ कोसी, मधेस र लुम्बिनी प्रदेसका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

Tags: