post-slider post-slider

गण्डकी कांग्रेसको प्रदेस सम्मेलन आज

Image
A A

काठमाडौं- नेपाली कांग्रेस गण्डकी प्रदेसको प्रदेस सम्मेलन आजदेखि सुरू हुँदैछ।

पोखरामा दुई दिनसम्म चल्ने प्रदेस सम्मेलन आजदेखि सुरू हुन लागेको हो।

पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको छ।

गण्डकी प्रदेस सभापति शुक्रराज शर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने उनले बताए।

सम्मेलनको उदघाटन पोखरा सभागृहमा हुने र बन्दसत्र बुधबार पोखरा पार्टी प्यालेसमा गर्ने तयारी गण्डकी कांग्रेसले गरेको छ।

सम्मेलनमा पार्टीको गण्डकी प्रदेस कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने शर्माले जानकारी दिए।

 

Tags: