post-slider post-slider

प्रधानन्यायाधीश कार्कीको नेतृत्व अस्वीकार गर्दै न्यायाधीश भट्टराईले दिए राजीनामा

Image
A A

काठमाडौं- जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा.श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन्।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै सोमबार भट्टराईले पदबाट राजीनामा दिएका हुन्।

उनले प्रधानन्यायाधीशका लागि सिफारिस भएका कार्कीविरूद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका थिए। 

आफैंले कानुनी र नैतिकरूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै पदबाट राजीनामा दिएको भट्टराईले जनाएका छन्।

उनले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै राजनीतिक पार्टीका मानिसहरू न्याय परिषदमा नियुक्त हुने गरेको आरोपसमेत लगाएका छन्।

न्याय परिषदले न्यायाधीशमा राजनीतिक मानिसहरू अपारदर्शी ढंगबाट भर्ती गरिदिएपछि न्यायाधीशहरूको भविष्य नै अन्धकारमय भएको भट्टराईका भनाइ छ।

संसदीय सुनुवाइ समिति नै अवैध रहेको भन्दै सुनुवाइ समिति निष्पक्ष भएको खण्डमा कार्की प्रधानन्यायाधीश हुन नसक्ने स्थिति रहेको दाबी गरेका छन्।

 

Tags: