post-slider post-slider

प्रतिबन्ध घटेपछि फ्रान्सेली मिडफिल्डर पोग्बालाई राहत

Image
A A

काठमाडौं- फ्रान्सका मिडफिल्डर पाउल पोग्वामाथि लगाइएको प्रतिबन्ध घटाइएको छ।

डोपिङ प्रकरणमा पाँच वर्षको प्रतिबन्ध लागेका पोग्वाको प्रतिबन्ध उनको अपिलपछि १८ महिनामा घटाइएको हो। कोर्ट अफ आर्टिब्युसन फर स्पोर्ट्सले पोग्वाको प्रतिबन्ध पाँच वर्षबाट घटाएर १८ महिना मात्र गरेपछि उनलाई ठूलो राहत भएको छ।

अब पोग्वा २०२५ को मार्चदेखि खेल्न पाउने भएका छन्। साथै, उनी आगामी जनवरीदेखि नै प्रशिक्षण गर्न पाउने छन्।

कोर्ट अफ आर्टिब्युसन फर स्पोर्ट्सले डोपिङको आरोपमा ३१ वर्षीय पोग्वालाई २०२३ को सेप्टेम्बरमा प्रतिबन्ध लगाएको थियो।

फुटबलबाट सन्यासको संघारमा पुगेका र २०१८ को विश्वकप विजेता पोग्वा अब प्रतिबन्ध कम भएसँगै फुटबलमा पुनरागमन गर्ने भएका छन्।

उनले फ्रान्सबाट फेरि खेल्ने इच्छासहित सामाजिक सञ्जालमा फ्रान्सको राष्ट्रिय टिमको नाम र लोगो अंकित मोजा र बुट लगाएको तस्वीर सार्जवनिक गरेका छन्।

साथै, पोग्बाको इटालियन क्लब युभेन्टसमा अझै दुई वर्षको सम्झौता बाँकी रहेको छ।   

Tags: