post-slider post-slider

उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ महिने बालकसहित ८ जनाको मृत्यु

Image
A A

काठमाडौं, चैत १ - उदयपुरको बेलका नगरपालिका-७ मेनामैनीमा बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।

दुर्घटनामा अन्य ९ जना घाइते भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

सुनसरीको धरानबाट  भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको बोलेरो बिहीबार बिहान ११ बजे मैनामैनीमा सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा चालक हतुवागढी गाउँपालिका-२ का ४२ वर्षीय मानबहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका-२ की  ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, उनका ६ महिनाको छोरा डिसाङ राई छन्।

यस्तै, हतुवागढी गाउँपालिका-९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी गाउँपालिका-५ की ३० वर्षीया रामकुमारी राई र सुनसरीको इटहरीका ४५ वर्षीय कमल अधिकारी रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले बताए।

यस्तै, हतुवागढी गाउँपालिका-५ का ४२ वर्षीय किसान राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा परी मोरङ कानेपोखरी गाउँपालिका-५ का ३७ वर्षीय विशेष पराजुली, आमचोक गाउँपालिका-६ भोजपुरकी २० वर्षीया मिनु राई, सोही स्थानकी ३६ वर्षीया सावित्रा राई, हतुवागढी गाउँपालिका-२ की ३२ वर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका-१ का १७ वर्षीय सुनिल परियार, सोही स्थानकी १७ वर्षीया सविना परियार रहेका छन्।

यस्तै, इटहरी-१७ सुनसरीकी ३४ वर्षीया गायत्री कट्वाल, उनकै ८ वर्षकी छोरी निकिता कट्वाल र इटहरी-१७ की २९ वर्षीया रमा थापा रहेका छन्। उनीहरूको बिपी कोइराला प्रतिष्ठानमै उपचार भइरहेको छ।

 

Tags: