post-slider post-slider

पहिलो निजी अन्तरिक्ष यान चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण, अमेरिकी कम्पनीले रच्यो इतिहास

Image
A A

एजेज्सीः अमेरिकाको ह्युस्टनस्थित निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडिसियस चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ। यो १५ फेब्रुअरी २०२४ मा सुरु भएको थियो।

नेपाली समय अनुसार बेलुका ५ बजेर ८ मिनेटमा अन्तरिक्ष यान अवतरण गरेको थियो। योसँगै ओडिसियस चन्द्रमामा अवतरण र्ने निजी कम्पनीको पहिलो अन्तरिक्ष यान बनेको छ।

योसँगै अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो देश हो। यसअघि २३ अगस्ट २०२३ मा भारतको चन्द्रयान-३ दक्षिण ध्रुवमा सफलतापूर्वक अवतरण भएको थियो। अवतरण गर्नुअघि ओडिसियसको नेभिगेसन प्रणालीमा खराबी आएकव थियो। यसका बाबजुद पनि चन्द्रयान-३ अवतरण गरिएको थियो।

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार ओडिसियसको अवतरणपछिको अवस्थाबारे जानकारी सार्वजनिक गरिएको छैन। तर मिसन निर्देशक टिम क्रेनका अनुसार कुनै शंका नगरी ओडिसियस चन्द्रमाको सतहमा रहेको बताएका छन्।

यानले चन्द्रमामा रहेको धुलोको अध्ययन गर्ने

ओडिसियस मुन मिशनको उद्देश्य चन्द्रमामा रहेको धुलोको अध्ययन गर्नु हो। अपोलो मिसन पूरा गरेर फर्केका अन्तरिक्ष यात्रीहरूले आफ्नो उपकरण धुलोका कारण बिग्रिएको बताएका थिए। त्यसकारण अब वैज्ञानिकहरूले अन्तरिक्ष यान अवतरण गर्दा उडेको धुलो हावामा कसरी रहन्छ र त्यसपछि चन्द्रमाको सतहमा कसरी बस्छ भनेर व्याख्या गर्न खोजिरहेका छन्।

अवतरण भएको ठाउँमा मानिस पठाउने तयारी

बीबीसीका अनुसार ल्यान्डर ओडिसियसले अवतरण गरेको ठाउँलाई मालापर्ट भनिन्छ। घामको किरण यहाँ पुग्दैन। यो खाडल नजिकैको समतल ठाउँ हो। मालापार्ट १७ औं शताब्दीका बेल्जियम खगोलविद् थिए। यहाँ पानी भए पनि बरफको रुपमा रहेको वैज्ञानिकहरुको विश्वास छ।

यो क्षेत्र अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आर्टेमिस मिशनअन्तर्गत अन्तरिक्ष यात्रीहरू पठाउने विचार गरिरहेको ठाउँहरूको छोटो सूचीमा छ।

अन्तरिक्षयानको गति बढेको थियो

यद्यपि ओडिसियस एक निजी चन्द्र अभियान हो, यसमा  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको हात रहेको छ। नासाले नै मिसनमा प्रयोग हुने ६ वटा उपकरण तयार गरेको छ।

मिडिया रिपोर्टहरू अनुसार अवतरण हुनुअघि स्पेसक्राफ्टको गति बढेको थियो। त्यसैले ओडिसियसले चन्द्रमाको वरिपरि एक अतिरिक्त यात्रा गरेको थियो। एक चक्कर लगाएपछि यसको अवतरण समयमा परिवर्तन भएको थियो। यसअघि यो सफ्ट ल्यान्डिङ गर्ने योजना बनाइएको थियो। अवतरण गर्नुअघि १९ मिनेटको लागि होभरिङ गरिएको थियो।

Tags: