post-slider post-slider

पप्पु कन्स्ट्रक्सनका मालिक रौनियार एमाले प्रवेश

Image
A A

काठमाडौं-पप्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक एवं पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन्।

पर्साको पोखरियामा मंगलबार आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई फूलमाला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।

एमाले प्रवेश गरेका रौनियारले जसपा अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेकाले आफू जसपा परित्याग गरेको बताए।

२०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टीको टिकटकबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट उनी निर्वाचित भएका थिए।

राजनीतिमा सक्रिय भएपछि रौनियारले पप्पु कन्स्ट्रक्सनको अध्यक्ष पद छाडेका थिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि रौनियार सांसद पदबाट निलम्बित भएका थिए।

विशेष अदालतले रौनियारलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै साढे तीन करोड रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन पुल बनाएको अभियोगमा विशेषले उनीसहित उनका छोरा सुमित रौनियार (पप्पु) लाई दोषी ठहर गरी जरिवाना सुनाएको थियो।

रौनियार सांसदमा निर्वाचित भएपछि कम्पनीको अध्यक्षमा छोरा सुमितलाई नियुक्त गरेका थिए।

 

Tags: