post-slider post-slider

 बुटवल–पाल्पा सडकखण्डमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीन जना घाइते

Image
A A

बुटवल- सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन्।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित तीन जना घाइते भएका हुन्।

घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकोराजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

 

Tags: