post-slider post-slider

संसद्को अवरोध हटाउन सभामुखले शीर्ष नेतासँग छलफल गर्ने 

Image
A A

काठमाडौं- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको अवरोध हटाउन शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन्। आज संसद् बैठक बस्नुअघि सभामुख घिमिरेले शीर्ष दलका नेतासँग छलफल गर्न लागेका हुन्। 

उनले मध्याह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक बोलाएका हुन्। आज संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। 

सभामुख घिमिरेले आइतबार (हिजो) सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए। तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि सहमति जुट्न सकेको थिएन। 

एमालेले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ।

Tags: