post-slider post-slider

महाराष्ट्रको सन्दीप विश्वविद्यालयको शाखा अब सीमावर्ती मधुबनीमा

Image
A A

जनकपुरधाम- भारतको सन्दीप विश्वविद्यालयले उच्च शिक्षा अध्ययनका लागि रुची राख्ने विद्यार्थीहरुबारे जनकपुरधाममा शिक्षाविद् तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेको छ।

विश्वविद्यालयका प्रतिनिधिहरुले ‘मिट एन्ड ग्रिट विद एजुकेनिस्ट एन्ड इडुप्रेनर्स’ कार्यक्रमको आयोजना गरी सरोकारवालाहरुसँग छलफल गरेको हो।

सन्दीप विश्वविद्यालयले भारत बिहारको मधुबनी जिल्लास्थित सिजौल र महराष्ट्रको नासिकमा स्नातक तथा स्नातकोत्तरका लागि विभिन्न संकायमा अध्यापन गराउँदै आइरहेको छ।

विश्वविद्यालयका प्रतिनिधि सुनिल झाले एमबीबीएसबाहेक स्नातक र स्नातकोत्तरतर्फ सबै संकायमा अध्यापन हुने गरेको जानकारी दिए।

उनले विश्वविद्यालयमा विद्यार्थीहरुको विशेष रुची देखिएको इन्जिनियरिङतर्फ कम्प्युटर, आर्टिफिसियल इन्टेलिजेन्स, सिभिल, एरो स्पेसलगातका संकायमा स्नातक तहमा अध्यापन भइरहेको बताए।

नेपाली विद्यार्थीका लागि विशेष प्याकेजको व्यवस्था गरेको बताउँदै झाले विश्वविद्यालयको भौतिक पूर्वाधार, अध्यापनलगायतका विषयमा जानकारी दिए।

‘नेपालका विद्यार्थीहरुका लागि हामीले विशेष प्याकेजका व्यवस्था गरेका छौं। भारतकै अरु विश्वविद्यालयले उपलब्ध गराउने शैक्षिक गुणस्तर र अन्य सुविधालाई विशेष ध्यान दिइएको छ,’ झाले भने,‘हाम्रै विश्वविद्यालयमा नामांकन गराउनुस् भनेर भनेका छैनौं। एकपटक आएर हेर्नुस्, बुझ्नुस् अनिमात्र नामांकन गराउनुस्।’

उनकाअनुसार गत वर्ष नासिकस्थित कलेजमा १५० भन्दा बढी नेपाली विद्यार्थीले नामांकन गराएको र आगामी वर्षदेखि मधुबनीको सिजौलस्थित कलेजमा नामांकन गर्ने तयारी विश्वविद्यालयले गरेको छ।

छलफल कार्यक्रममा जनकपुरस्थित विभिन्न शैक्षिक संस्थाका संस्थापक, प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्लगायतको उपस्थिति रहेको थियो।

 

Tags: