post-slider post-slider

‘कुनै ‘कोट’, ‘टार’ र ‘पार्टी’ मलाई मतलब छैन, सुनकान्डको जरैसम्म पुगिन्छ’

Image
A A

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही हुने बताएका छन्।

शुक्रबार विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले अहिलेको घटनाका दोषीलाई कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने बताएका हुन्।

गृहमन्त्री श्रेष्ठले विगतमा केही कमीकमजोरी भएको देखिएकाले सावधानी अपाउनुपर्ने भएको बताए।

कतै तीन ब–(बालकोट, बालुवाटार र बूढानीलकण्ठ) मिलेर यो घटना सामसुन पारिने त होइन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दा कुनै कोट, टार र पार्टी मतलब छैन।’

सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने उनले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यवहारिक रूपमा नेतृत्व गरिरहेको पनि उनको भनाइ छ।

भन्सारको सुरक्षा जाँचपास गर्ने मेसिनलगायतको कमजोरी बाहिरिएपछि निरीक्षणमा गएका हुन्।

 

Tags: